एसियाड भलिबलः चाइनिज ताइपेईसँग नेपालको हार

दीपक न्यौपाने, जाकार्ता – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा जारी १८ औं एसियन गेम्स (एसियाड) अन्र्तगतको पुरुष भलिबलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ ।

जिबिके इन्डोर मैदानमा आज भएको खेलमा नेपाल ताइपेईसँग ३–० को सोझो सेटमा पराजित भएको हो । पहिलो सेटमा २५–२३ को प्रतिस्पर्धात्मक हार बेहोरेको नेपाल त्यसपछि दोस्रो र तेस्रो सेटमा २५–१९ र २५–१५ को सेटमा पराजित भएको हो ।

नेपालले अब २४ अगस्टमा दक्षिण कोरियाको साममना गर्नेछ । ताइपेई दुई खेलबाट ४ अंकसहित समूह ‘डी’ को शीर्ष स्थानमा छ ।

source: ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *